Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मनकामना साकोसको २७औं वार्षिक सभा

प्रभातफेरी अनलाइन ३९३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
मनकामना साकोसको २७औं वार्षिक सभा

काभ्रे । “आपसी सहयोग सहकारी” भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि बनेपाको २७ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको सभापतित्वमा तथा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष गोपीकृष्ण घिमिरेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा संस्थका सचिव होम प्रसाद ढुङ्गेलले वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन समितिका संयोजक मोतप्रसाद सापकोटाले लेखा प्रतिवेदन सुझाव सहित प्रस्तुत गर्नुभयो ।
सभामा संस्थाका सचिव होमप्रसाद ढुंगेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । ८ हजार १ सय ६१ शेयर ६, सदस्य रहेको संस्थाको शेयर पूँजी २३ करोड ५३ लाख ३५ हजार २ सय रहेको छ । १ अर्ब ४९ करोड ७८ लाख १६ हजार ३ सय ५३ निक्षेप संकलन १ अर्व ६८ करोड ६४ लाख ११ हजार २ सय १८ ऋण लगानी गरी ५ करोड ५१ लाख २० हजार ५ सय ६० खुद मुनाफा कमाउन सफल भएको छ । १३ करोड २५ लाख ७६ हजार ५ सय २ जगेडा तथा अन्य कोष रहेको छ । संस्थाका सञ्चालक सदस्य सम्भुप्रसाद घिमिरेद्वारा रचित मनकामना साकोसको गित चर्चित गायककार रामहरी न्यौपाने र अञ्जु पन्तको स्वरमा रेकर्ड भएको गितको समेत कार्यक्रममा विमोचन भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा समेत सम्मानित हुनु भएको थियो र १४० जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमवहादुर तिमल्सिना, वचत तथा ऋण सहकारी संघका सल्लाहकार सम्भुलाल श्रेष्ठ, बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, संस्थाका सल्लाहकारद्वय सोमप्रसाद हुमागाई, राजकुमार मनिप्लान्ट वचत तथा ऋण सहकारी संस्था लिका कोषाध्यक्ष ओम वहादुर वस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लागायतको आतिथ्यता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले सहकारी संस्थाले नीति, विधि,पद्धतीको माध्यामबाट सदस्यहरु वृहत्तर आर्थिक हित गरेको उल्लेख गर्नुभयो । वरिष्ठ प्रवन्धक सृजन जंगमका अनुसार सदस्यहरुको सेवा प्रदान गर्न सवारी साधनको कर भुक्तानी सेवा, नविकरण सेवाको सुरुवात सिटी एक्सप्रेस रेमिटान्स विप्रंसन सेवाको सुरुवात, शेयर सदस्य स्वास्थ्य उपचार खर्च वितरण कार्यक्रम, श्रद्धाञ्जली तथा आर्थिक राहत उपलब्ध गराउने कार्य गर्दै आएको बताउनुभयो ।
सहकारी संघका अध्यक्ष परीतोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपीकृष्ण घिमिरेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य सम्भुप्रसाद घिमिरेले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0