Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्भावित खुसीको त्यो क्षण

प्रभातफेरी अनलाइन ३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ साल अघि)
सम्भावित खुसीको त्यो क्षण

सिन्धु पौडेल

बादलको सिरक ओढेर
लमतन्न सुतेको धर्ति मस्त निदाइरहेथ्यो
आकाशको छानोमुनि निमग्न
चराचर जगत सुरम्य थियो
प्राणीहरु निस्फिक्री थिए
म निःसन्देह जीवन जगत भोगिरहेथें
लाग्थ्योस् मान्छेले स्वर्ग निर्माण गर्दैछ
र, म भोग्न आतुर छु त्यो भूस्वर्ग !

हिमाल झल्किन्छ मन हेरेर
पहाड ढल्किन्छ दिल चोरेर
तराई मस्किन्छ धित मारेर
झरनाको गीत
खोलाको संगीतमा
डाँफेको नृत्य
उता समुद्री ताली बजाउने
मस्त लट्ठिने मान्छे
मान्छेको उन्नति मान्छेले नै सहेन
आयो भुइँचालो
गयो पहिरो
लाग्यो महामारी !

म अब निरीह छु
इतिहासको कठघरामा ठि· उभिएर
दुरुह मान्छेको दारुण चित्र हेर्दैछु
सुत्न सक्दिन हिजोजस्तो
सपना देख्दिन पहिलेझैं
कसले हान्यो ढुंगा
त्यो सुन्दर, शान्त, विशाल तलाउमा
जहाँ हिजोको त्यो तेजस्वी मान्छे
आज खिया लागेको फलामझैं छ

सोच्दैछु
के अब घाम लाग्दैन यो धर्तीमा ?
नहोला बिहान मिर्मिरे ?
सक्यो कोरोनाले सर्वश्व ?
कठै, मानव सभ्यता… !

फेरि मेरो अन्तरमन बोल्छ
हरेक कालो रातलाई चिर्दै
एउटा सुनौलो बिहान आए जसरी
घाम झुल्किनेछ आशाको
समस्या सुल्झाउन
आउने छन् समाधानहरु
दानवीय महामारी धपाउन
ईश्वर ओर्लिनेछन् धर्तिमा
औषधीमा बनेर घरघर पुग्नेछ
सफल मानव अन्वेषण
र मुस्कुराउनेछ ब्रह्माण्ड
अब म आशावादी छु
सम्भावित खुसीको
त्यो क्षण सम्झेर ।

०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0