Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्रान्ति

प्रभातफेरी अनलाइन ५३३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
क्रान्ति

सुमिना

ऊ
भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

उसलाई थाहा छैन
क्रान्ति कुनै शास्त्रीय मन्त्र होइन
जसलाई आँखा बन्द गरेर अचेतन मनले पुकारिन्छ
क्रान्ति कुनै सुरिलो भाका होइन
जसलाई मन्त्रमुग्ध भएर गाइन्छ

तर ऊ
बेखबर छ वर्षौंदेखि
युगको उतारचढावसँग
उसलाई थाहा छैन
उसले आदर्श मानिरहेको नेताले
कतिबेला स्वीकार ग¥यो रातको अघिल्तिर दिनको पराजय
उज्यालोमाथि अँध्यारोको विजय
कसरी सुम्पियो अन्यायलाई न्यायको अभिभारा
कतिबेला, कहाँ विसर्जन ग¥यो क्रान्तिको सपना
र
पतन भयो संशोधनवादको दलदलभित्र

बस्, ऊ भने
भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

कन्ठस्थ छन्
माओत्सेतुङका एक दर्जन कोटेसनहरू
ऊ आफैँ मख्ख पर्छ
बेला बेला चिनियाँ क्रान्तिको इतिहास पढ्छ
र
आफूलाई उभ्याउँछ
चाउ एन लाई, चियाङ चिङ, होङ वेनहरूको लस्करभित्र
आत्मरति नै उसको दैनिकी भएको छ

तर ऊ
बेखबर छ आफ्नै अघिल्तिरको समयसँग
आफ्नै समयको रफ्तारसँग
उसलाई थाहा छैन
कहाँ, कतिबेला, कसरी छुटिसक्यो
उसको यात्राबाट समाजवादको लक्ष्य
वर्गसङ्घर्ष र मजदुररूको एकता

तर ऊ
गाउन छोड्दैन मजदुरहरूको गीत
लगाउन छोड्दैन कम्युनिज्मको नारा
बाँड्न छोड्दैन समाजवादको दिग्भ्रम
उसलाई मोह छ
हँसिया हथौडा अङ्कित लालझण्डासँग
तर
आफैँ बेखबर छ त्यसको महिमासँग
निखारिइसकेको छैन
समयको आरनमा
भुत्ते भएको उसको आलोचनात्मक चेत
गरिरहन्छ आफ्नो नेतृत्वको महिमामण्डन
र भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

साथी,
ब्युँझ अब
क्रान्ति सिगार होइन
जसलाई पिएर तिमी अचेतन हुन सक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0