Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वर्तमान चुनौती र सहकारीको इतिहास

प्रभातफेरी अनलाइन ४२९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
वर्तमान चुनौती र सहकारीको इतिहास

जीवन मंग्राती

एकका लागि सबै र सबैका लागि एक भन्ने मूल नारा सहित सुरु भएको सहकारी संस्थाको बिषयमा म तपाईंहरु माझ केहि कुरा लेख्दै छु नेपालमा अनौपचारिक रुपमा सहकारी धरै अगाडि सुरु भएको हो । राणाकालिन गुठी; पैचो, धर्म, भकारी, ढुकुटी जस्ता अनौपचारिक संगठनहरुको विकासित रुप नै आजको सहकारी हो वि.सं. २०११ साल साउन महिनाको ११ गते नेपालमा ठुलो बाढी पहिरो आयो विशेष गरि तराईको धेरै भागहरु डुबान भए धेरै मानिसहरु घरबार बिहिन भए धेरैले आफ्ना आफन्त छरछिमेकी गुमाए । विस्थापित भएका जनतालाई पुनः स्थापित गराउन राप्ती दुन परियोजनाले प्रति परिवार ५ बिघा जमिन दिने काम गर्यो । पहाडका कुना कुनाबाट मानिसहरु तराई झरे र राप्ती दुन परियोजनाले बितारण गरेको जमिनमा बसोबास गर्न थाले तत्कालिन अबस्थामा बखान सिहं गुरुङको नेतृत्वमा सामुहिक रुपमा काम गर्न लाइ हलो, कुटो, कोदालो जस्ता कृषि औजारहरु वितरण गरियो सामुहिक रुपमा प्राप्त भएका कृषि औजारहरू प्रयोग गर्दै मानिसहरुले सामुहिक रुपमा खेती गर्न थाले उब्जनी भएका अन्नहरूलाई एकै ठाउँमा जम्मा गरी पछी बाँडीचुडी प्रयोग गर्ने चलन नै चलाउन थाले । सहकार्य गरेर काम गर्न सकिन्छ भने सहकारी किन स्थापित नगर्ने भनेर बखान सिहं गुरुङ सहित ६० जना मिलेर प्रतिव्यक्ति प्रति महिना १० रुपैया बचत र १ रुपैया मसलन्द खर्च भनेर जम्मा ११ रुपैया उठाउन शुरु गरियो शुरुमा ६ सय रुपैया कुल पुजी बाट बखान सहकारी सस्था बि.सं. २०१३ साल चैत्र २० गते नेपालको पहिलो सहकारीको रुपमा विधिवत् रुपमा दर्ता भयो त्यसताका नेपालमा सहकारी विभाग स्थापना भएको केहि समय मात्रै भएको थियो बखान सिहं आफैले सहकारीको अवधारणा ल्याकाले सहकारीको नाम नै बखान सहकारी भनेर राखियो त्यसको केहि वर्ष पछी गएर त्यस संस्थाको नाम शारदा नगर साझा संस्था पनि राखियो । पुनः बखान सहकारी हुँदै हाल बखान बहुउदेसिय संस्था लि. रहेको छ । हाल यो सहकारी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ मा संचालन भइरहेको छ । नेपालमा यो नै विधिवत् रुपमा दर्ता भएको पहिलो सहकारी भएको कारणले चैत्र २० गतेलाई सहकारी दिवसको रुपमा मनाउँदै आएका छौं । नेपालमा २०१३ साल पछि धेरै पटक सहकारी नियमावली २०१८, २०४३ लागु गरिएको थियो तर सोचे जस्तो प्रतिफल सहकारी क्षेत्रमा खासै प्रगति भएको थिएन तर २०४६ सालदेखि केहि राजनीतिक परिवर्तन भए देखि मात्रै अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तसँग सदस्यता कायम हुनेगरी २०४८ सालमा सहकारी ऐन २०४८ र २०४९ मा सहकारी नियमावली २०४९ जारी गरि लागु भए पश्चात सहकारीमा स्वायत्तता र स्वत्रन्तता भएको हो । त्यस पछाडि यो क्षेत्र दिनप्रतिदिन बढ्दै गएर आज करिब ३६ हजार सहकारी संस्थाहरु दर्ता भएर विधिवत् रुपमा चलिरहेका छन् । तर हाल केहि बदमास संचालक समितिका ब्यक्तिहरुका कारण यो क्षेत्र अहिले कतिलाई ठगीखाने भाडो भएको छ भने कतिलाई राजनीति गर्ने ठाउँ भएको छ त कसैलाई अनुदान पचाउने ठाउँ भएको छ सदस्यहरुको बचत रकमलाई आफ्नै सम्पति ठानेर विभिन्न नीजि कारोबारमा लगाउने र भनेको बेलामा सदस्यको रकम फिर्ता गर्न नसक्दा आज सहकारी अभियान नै धरापमा परेको छ । सबै सस्था त्यस्ता पनि छैनन् केहि नगन्य फटाहाहरु कारण आज यो सहकारी अभियानलाई बदनाम बनाउन खोजिँदै छ । त्यसैले सहकारीका सदस्यले कारोबार गर्दा मुख्य ध्यान दिनुपर्ने कुराहरु संचालक समितिमा कस्ता मानिसहरु छन् ? कार्यक्षेत्र भन्दा बाहिरका मानिसहरु पो छन् कि ? संस्थाले सदस्य केन्द्रित कारोबार गरेको छकी छैन ? सहकारी विभागले तोकेको ब्याजदर भन्दा बढी ब्याजको प्रलोभन पो दिएको छ कि ? संस्थाको समुदायमा कस्तो खालको भूमिका छ कर्मचारीहरुको हाउभाउ कस्तो छ ? यी सबै कुरालाई संस्थाका सदस्यहरुले विचार गर्नुपर्छ । सहकारीको मूल्य र मान्यतामा चलेका आर्थिक सुशासनमा कारोबार गरेका संस्थाहरुसँग मात्रै कारोबार गर्नुपर्छ । तब मात्रै सहकारी मूल मर्म स्थापित हुनसक्छ । वास्तवमा सहकारी अभियन्ताहरु स्थापनाकालदेखी नै सहकार्यको माध्यमबाट सहकारी चल्नुपर्ने कुरामा जोड दिँदै आएका छन् । हिजो बखान सिंह जस्ता व्यक्तिहरुले समाज रुपान्तरणका लागि देखेका सपनाहरु आजका दिनमा सहकारीका अभियन्ताहरु भनेर हिँड्ने सहकारीकर्मीहरुले बिर्सनु हँुदैन एकता नै बल हो एकतामा सबै कुरा सम्भब छ भन्ने कुरालाई चिन्तन गर्दै अगाडि बढेको खण्डमा मात्रै सहकारीको मूल मर्मबाट एकका लागि सबै र सबैको लागि एक भन्ने मूल नारा स्थापित हुनसक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0