Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रमर कुसुम

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (३ साल अघि)
भ्रमर कुसुम

अविचल आस्था मणि

तनहुँ, नेपाल

 

१.
म आएँ श्रद्धामा भ्रमर कुसुमाको बगलमा
गरेका भून् भून् छन् असल नतिजाको कबलमा
घुमेका भेटिन्छन् उचित ममता क्षेपण गरी
छु लठ्ठेकी भन्छिन् गजब कुसुमा छन् नकचरी
२.
गरेँ वाचा मिल्ने प्रकृत रमणी यो बखतमा
भने झैं हल्लिन्छिन् अनुभव खुला छन् तखतमा
कुराकानी सङ्लो अलिकति हुने तर्खर भयो
दिई झोंक्का राम्रै पवन सुखमा सामिल रह्यो
३.
दुबै जोडी आँखा भरखर जुधे जो गजबले
छ आत्मा गाँजेको हर क्षण दुबैको अदबले
कतै नौलो बाटो सहज सुविधाको प्रकट होस्
भनेका भेटिन्छन् उचित पल मिल्ने निकट होस्
४.
यसै बेला चम्क्यो गगनतलमा बादल घन
कहाँ कैले मिल्ने सहज तरिका हुन्छ चयन
बहाएकी बास्ना मगमग बिना अत्तर थियो
छ आँखाले सोध्दै, मृदुल मनले उत्तर दियो
५.
खुला गर्छिन् ढोका सब तरफका मग्न युवती
तुना खुल्दा आफैं सहजसित बन्छिन् रसवती
इशारामा चल्छन् विविध मनवाञ्छा शुभ लिई
बिहानीको बेला कुशल प्रतिभा मौलन दिई
६.
सबै राम्रो वेशै शुभ किसिमले बित्दछ दिन
बसेको आत्मामा सुखद विपना हुन्छ यकिन
जसो आए लेखेँ हरफ कविताका सरसर
छु आएको ढोग्ने अवसर मिलोस् लौ सकभर
७.
छु आएको एक्लै अवसर मिलोस् गर्न छ कुरा
कुनै जोहो गर्दैै प्रगति पथमा चढ्न चुचुरा
बढोस् बाटो हिँड्ने मनसुव खुला चाख मनमा
उदाए आकांक्षा सुखद सुकिला झन् चयनमा
८.
सुनी आहा मीठो गदगद म बन्दै अझ गएँ
दियौ चोखो मायाँ अमर ममता स्पन्दित भएँ
खुला ताजा सँग्लो अभिमत दिलायौ रहरिला
सबै खाले चिन्ता पर पर भए ती जहरिला
९.
उदाएकी इच्छा नरम तकिया झैं मलमल
चलाएको हो यो कतिपय कुराको छलफल
गरेको हो इच्छा मजबुत बनोस् झन् मिलनको
नयाँ बाटो रोज्ने कसरत चलोस् यो चलनको
१०.
सबैभन्दा मीठो सरल मन मुस्कान रसिलो
छ संस्कारी शोभा विकसित अहा देख्छु मलिलो
छ माटोको मायाँ अमर ममतामा छलफल
छु इच्छा राखेको समुचित कला होस् झलमल
११.
सबैभन्दा राम्री म छु भुवनमा भन्दछ मन
म सँगै पाकेका रसमय रहे यी सुन्दर धन
भनेकोले बेग्लै सहज सुकिलो होस् रनवन
दिएको हो निम्तो रसिक मन साट्ने सङ तन
क्रमशः

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0