Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सोचेको भन्दा फरक नै छ

प्रभातफेरी अनलाइन ४२८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
सोचेको भन्दा फरक नै छ

निमा छिरिङ भुटिया

हेरेको जस्तो कहाँ हुन्छ
देखेको पनि कहिले काँही भूल हुन्छ
मनले चाहेको जस्तै
यो तनले कहाँ दिन सक्छ र ––––!

यसैले त भन्नु झन् गाह्रो हुन्छ ।
बाटोमा हिँडे झै
सडकमा कहाँ हिँड्न सक्छ र ––––!

झन जीवनको गोरेटोमा त भन्नु साह्रो छ ।
तर पनि बढ्नु छ
तल र माथि गर्दै यहाँ
हिँड्न सकेसम्मको गोरेटोहरू
कहिले उकाली भेटिन्छ
कहिले ओराली बाटोहरू जीवनको यात्रामा
तर पनि सहज मानी बढिरहनु पर्छ
लक्ष्य नपुगे पनि हामी
एउटा हिँड्ने अभ्यासमा जुट्दै जानु छ ।
फरक त छ
तैपनि
कहिले काँही एउटै लाग्छ जिन्दगीको परिभाषा
कहिले कालो धेर
कहिले काँही सेतो कमी
यस्तै छ सबैको जीवन
यसैले त हाँसी राख्नु छ
भोलिको बिहान कसलाई थाहाँ ––––––?

न जन्मको साइत सटीक पाउँन सकिन्छ
न त मृत्युको दिन यो नै भन्न सकिन्छ
तर दुवै नै सत्य छ ।
सोचेको भन्दा फरक छ
सुन्दर र सुन्दरताको रहस्य
कसले पो जानेको छ
भोलिको दिनमा हुने पलहरू
केवल अनुमानको भरमा बोल्छ सबै
हुन्छ कि हुँदैन त्यो पनि
यहाँ त कति फरक छ ।
हाँस्नु र हँसाउनु पनि त
देख्दा एकै छ
तर हाँस्नु जति आनन्द छ
सायद
हँसाउनुमा यहाँ कति कठिन छ
त्यो जसले गर्दछ
उसलाई पनि भन्न कति फरक छ ।
रुनु त सजिलै भन्नेहरूले
आँसुको महत्व कति जानेको छ
जब झर्छ नि नयनले साँचेको आँसु
सायद
यसको यहाँ कति महत्व छ
यसैभित्र त एउटा फरक लुकेको छ ।
जति लेखिरहे पनि
शब्दको अर्थ उति कठिन बन्दै आउँछ
यसैले बन्द गर्न अब यो कलमलाई भन्न पनि
लगातार बहिरहेको वाक्यहरू रोक्न
सायद कति साह्रो र गाह्रो छ
यसैभित्र पनि त एउटा अन्जान फरक बसेको छ –––!!!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0