Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“तपस” होटेलमा ज्ञानगुन

प्रभातफेरी अनलाइन ४९४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
Post Thumbnail

मोहन दुवाल, वरिष्ठ साहित्यकार

२०८० मङ्सिर १४, बत्तिसपुतली, काठमाडौं÷ ज्ञानगुन प्रकाशनको कार्यक्रममा सामेल हुन ‘तपस’ होटेल खोज्दै बत्तिसपुतलीमा पुग्यौं । बाटैमा रहेछ ‘तपस’ । कार्यक्रम हुने थलो खोज्दै ५ तल्ला भरेङ उक्लिएँ । कार्यक्रम हुने थलो भेटाइयो । डा. राजेन्द्रप्रसाद अधिकारी मैले त्यहाँ पुग्न अनुरोध गरेको मित्र मभन्दा अगाडि नै पुगिसकेका रहेछन् । भेट भयो उहाँसँग । यसैगरी शेषराज सिवाकोटी, रोचक घिमिरे, सोमनाथ घिमिरे, गोपाल थपलिया, डा. रामप्रसाद दाहाल, डा. खेम कोइराला ‘बन्धु’, रघुजी पन्त, भागिरथी श्रेष्ठ, जय छाङ्छा, वसन्त श्रेष्ठ, अश्विनी कोइराला, मन्जुललगायत थुप्रै मित्रहरुसँग हात मिलाइयो । जनमतको नयाँ अङ्क बाँडियो ।
कार्यक्रम १ः३० तिरमात्र सुरु भयो । म पुगेको केही क्षणपछि हल टनाटन भरियो । श्रीबाबु सिवाकोटीले उद्घोषण गरेको उक्त भव्य समारोहको सभापतित्व गरे पूर्वसहमहान्याधिवक्ता राजेन्द्रकुमार भण्डारीले । पूर्वन्यायाधीश टोपबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहका विशेष अतिथि र अतिथिहरुमा पूर्वन्यायाधीश प्रकाश वस्ती, सभासद् रघुजी पन्त, रीता दीक्षित, मञ्जुल, भागिरथी श्रेष्ठ, रोचक घिमिरे, मोहन दुवाल, आनन्द अधिकारी, वसन्त श्रेष्ठ आदि थिए ।
समाजसेवी रुक्मणिराज सिवाकोटीको स्मृतिमा दुईजनालाई सम्मान गर्ने भनिएको उक्त कार्यक्रममा अमेरिकामा बसेर नेपाली भाषा र साहित्यको विशेष योगदान पु¥याउँदै आउनुहुने साहित्यकार वसन्त श्रेष्ठको र दिवंगत भइसक्नुभएका लेखक विनोद दीक्षितलाई मरणोपरान्त सम्मान गर्नुभएको थियो । वसन्त श्रेष्ठको र विनोद दीक्षितको ज्ञानगुन अङ्क र रुक्मणिराज सिवकोटीको स्मृतिमा पनि ज्ञानगुनकै अक्षर–कृति प्रकाशित गरिएको थियो । गायक नारायणगोपालको पनि स्मृतिमा फोटोमा माल्यार्पण गरिएको उक्त साहित्यिक कार्यक्रममा नारायणगोपालकै स्मृतिमा पनि ज्ञानगुन पत्रिका प्रकाशित भएको थियो । सुवास नेम्वाङ, नयनबहादुर खत्री, पण्डित कपिलमुनी सिवाकोटीलगायतका स्मृतिअङ्कहरु प्रकाशित भएको उक्त समारोह निकै भद्र र रोचक खालको थियो ।
न्यायमूर्ति तथा अक्षरका पूजारी शेषराज सिवाकोटीले स्वागत मन्तव्य गर्दै ‘साहित्य, कला, संस्कृतिको र निष्पक्ष न्यायसेवा पु¥याई योगदान पु¥याउनुहुने न्यायकर्मीहरुको सम्मानमा पत्रम्, पुष्पम् अक्षरमार्फत् कदर गर्न पाउँदा खुसी लागेको छ । उक्त सम्मान कार्यक्रममा सम्मानितमध्येका साहित्यकार वसन्त श्रेष्ठले सम्मानित हुँदै “समाजमा चेतना बाँड्नकै निम्ति साहित्यलेखन गरेको र साहित्यमा केही न केही गरिरहन पाउँदा गौरव लागेको छ ।” भन्नुभयो । डा. विष्णुराज उप्रेतीले – “साहित्य, कला र संस्कृतिले मान्छेको मनलाई परिवर्तन गरिदिन्छ ।” भनी आफ्नो कुरा राख्नुभयो । कवि तथा गायक मेघराज मञ्जुलले “‘ज्ञानगुन’ बाट भएका साहित्यिक कार्यक्रमहरु प्रशंसा गर्नलायकका छन् ।” भनी प्रशंसा गर्नुभयो । पूर्वन्यायाधीश प्रकाश वस्तीले – “न्यायमूर्तिहरुलगायत साहित्यकारहरुको उचित मूल्याङ्कन गरेर सम्मान गर्ने परम्परा ज्ञानगुनले चलाई दिएको छ; निकै प्रशंसा गर्नलायकका कार्यहरु भएका छन् – प्रशंसा गर्छु ।” मूल्याङ्कन गर्दै आफ्नो विचार राख्नु भयो । गीतकार आनन्द अधिकारीले – “स्रष्टाहरु ब्रह्मका अनुभूतिकर्ताहरु हुन् ।” ज्ञानगुनका सिर्जनाकर्ता शेषराजजीले सिर्जनाका फूलहरु फुलाउनुभएर निकै स¥हानीय कार्यहरु गर्नुभएर आफूलाई राष्ट्रमा चिनाउनुभएको छ । गायक नारायणगोपालको स्मृतिमा पुस्तकसमेत प्रकाशन गरेर जुन महत्वपूर्ण कार्य भएको छ, सो निकै नै प्रशंसा गर्नलायकको छ ।” भनी सटीक कुराहरु पोख्नुभयो । राजनीतिज्ञ महेश आचार्यले – “ज्ञान ब्रह्म हो । प्रज्ञाको साधना गर्नु भनेको साहित्य सिर्जना गर्नु हो ।” महत्वपूर्ण कुरा औंल्याउनुभयो । सभासद् तथा साहित्यिक पत्रकार रघुजी पन्तले – “साहित्यिक पत्रकारिता गर्नु धेरै नै गा¥होजस्तो विषय भइसकेको छ । मोहन दुवालजीले धेरै पहिलेदेखि नै साहित्यिक पत्रकारिता प्रकाशन गर्दै ‘जनमत’ लाई जीवन्त तुल्याउनुभएको छ । मैले पनि साहित्यिक पत्रिका निकाल्थें, राजनीतितर्फ लागेकोले ‘झिसमिसे’ निकाल्न सकिनँ । साहित्यिक पत्रकारितामा अनेकौं समस्याहरु छन् तापनि उपायहरु खोजी गर्नुपर्छ । ज्ञानगुनले पनि आफ्नै सक्रियतामा स्रष्टाहरुलाई चिनाउने काममा निकै महत्वपूर्ण कामहरु गरेर सिर्जनात्मक आन्दोलन चलाउनुभएको छ जो प्रशंसनीय छ ।” प्रशंसा गर्नुभयो ।
उक्त कार्यक्रममा मैले पनि आफ्नो विचार राख्दै भनेको थिएँ – “विशिष्ट न्यायाधीश छँदा पनि शेषराज सिवाकोटीले अक्षरको पूजा गर्दै आएका थिए । थुप्रै स्रष्टाहरुको इतिहास लिपिवद्ध गरिदिने कार्यमा उनी सक्रिय ढङ्गले आफूलाई समर्पित तुल्याउँदै आएको सबैलाई विदितै भएको कुरा हो । शिष्ट, इमान्दार, परिश्रमी सरल व्यक्तित्वका रुपमा प्रख्यात शेषराज सिवाकोटी यस युगका उत्कृष्ट अक्षर पूजारी हुन् – यिनी सदैव पूजनीय हुनेछन् ।” प्रमुख अतिथि पूर्वन्यायाधीश टोपबहादुर सिंहले आफ्नो विचार राख्दै भने – “नेपाली भाषा लोप हुँदै गएको यस समयमा ज्ञानगुनमार्फत् शेषराज सिवाकोटीले चलाइरहेको भाषिक र साहित्यिक अभियान महत्वपूर्णमात्र होइन ऐतिहासिक देखिंदो छ । भाषा, साहित्य र संस्कृतिको विकास नभएको स्थिति कहालीलाग्दो देखिनु अस्वाभाविक मान्न सकिंदैन ।”
कार्यक्रम ४ः०० बजेसम्म नै चल्यो । रमाइलो भयो; थुप्रै पुराना साथीहरुसँग पनि जम्काभेट भयो । गोपालप्रसाद थपलिया मेरा पुराना मित्र जस्ले ४० सौं वर्ष भयो ‘छलफल’ साप्ताहिक निकालीरहनुभएको; उनीसँग आत्मियता साटियो । सोमनाथ घिमिरेसँग पनि भेट भयो; जस्को ‘युगसम्वाद’ साप्ताहिकमा केहीवर्षसम्म ‘स्तम्भ’ कै लेखक बनेको थिएँ । रघुजी पन्तसँग प्रगतिशील लेखक कलाकार सङ्घमा छँदा शरद बनेपा रहेर मित्रता गर्दाताकाका थुप्रै सम्झनाहरु आज मनमा आईदियो । यस्तै थुप्रै मित्रहरुसँग भेट्ने अवसर जुराई दियो ज्ञानगुनले । नियात्राकार जय छाङ्छाले तल बाटोसम्ममा आई दिनुभई बाहन चढाई दिनुभयो । आजको दिन स्मरणीय बनाइदियो ‘ज्ञानगुन’ ले ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0