Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेमको सुगन्ध

प्रभातफेरी अनलाइन ५०३ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
प्रेमको सुगन्ध

राम योञ्जन “गाउँले”

तिमीले चाहे जस्तो !
या खोजे जस्तो– प्रमाण नहुन सक्छ मसँग
यदि यही प्रमाण हो भने
म तिमीलाई औधी मन पराउछु र माया गर्छु।
चलिरहेको जीवनको रफ्तार !
एकछिन एक थोपा रोकेर,
तिमीलाई सम्झिनु
र मुटुको आकाशमा
एक अँजुली रात व्यूँझनु तिम्रो नाउँमा!
अनि अन्तिममा ––
केही मिनेट बाडुलीको निम्तोले
अविरल तिम्रो याद दिलाउनु–
यी हुन सक्छन् –
अधुरा सपनाहरूको आयु जस्तैः
अधुरा नै प्रेम प्रमाणहरु।
काटिएका औंलाहरूको प्रमाण
बग्दै गरेको रगत हो कि!
संवेदना निचोरिएर –
आँखाबाट पोखिएको आँसु हो?
म मुटुको असंख्य किताबहरू पढेर,
सिर्फ! तिम्रो एउटा मुटुको
एउटा प्रेम किताब बुझ्न चाहन्छु
र मैले बुझेको प्रेमको मुटु
तिमीलाई दिन चाहन्छु।
पढ्दा पढ्दै– आधामै
मुटुका पानहरु च्यातिए भने
अक्षरहरु मेटिएर गए भने!
पानीका फोकाहरू जस्तैः
कम्जोर हुन सक्छन् यी मेरा प्रेमिल प्रमाणहरू।
यहाँ प्रेममा–
प्रमाणहरु जुटाउन नसकेर
झूटो साबित हुँदा–
कति आँखाहरु त अन्धा भएकाछन्
कति कानहरु आवाजहीन बनेकाछ्न्
कति पैतालाहरु गतिहीन भएकाछन्।
र कति मुटुहरु धड्कनविहीन बनेकाछन्।
चुरोटको नशाले जस्तैः
जब मलाई प्रेमको नशाले सताउछ,
म जिन्दगी सल्काएर–
आनन्दले प्रेम धुवाँ उडाउन चाहन्छु
ताकी त्यहाँ मलाई
तिम्रो प्रेमको सुगन्ध मिलोस्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0