Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मार्साबको आधा घण्टा

प्रभातफेरी अनलाइन २८३ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)
मार्साबको आधा घण्टा

कृष्णकुमार वैद्य
बनेपा बजारको मध्य अवस्थित तीनधारा चोकबाट सहायक बाटो भएर पश्चिम छिरेपछि असंफ चोकमा पूर्व फर्केको जनमत कार्यालयको साइनबोर्ड टाँसिएको मार्साब (मोहन दुवाल)को पुख्र्यौली घर हो । जनमतलाई बुझेका र बुभ्mन चाहनेहरूको आवतजावत भइरहने थलो पनि हो । मार्साब प्राय लेखन, सम्पादन र भेटघाटमा तल्लिन भइरहने भएपनि बिहान ९ बजे पछि आधा घण्टा समय छुट्याएर मेरो कर्मथलोमा आउनु हुन्छ । म बनेपा अरनिको राजमार्गको सानो टहरामा भेटेरिनरी औषधीको व्यापार गर्छु । यहीँ मार्साबसँग भलाकुसारी हुनेगर्छ ।
मार्साब जनमत साहित्यिक मासिक पत्रिका, जनमत वाङ्मय प्रतिष्ठान, जनमत बाटिका, जनमत पुस्तकालयका संस्थापक एवं नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । यसैगरि विविध सङ्घ संस्थाहरूमा आवद्ध हुनुहुन्छ मार्साब । हाम्रो भेटघाटको बखतमा पनि कैयन परिचितहरूका अभिवादन फर्काउन भ्याइनभ्याई हुन्छ उहाँलाई अनि भन्नुहुन्छ आधा घण्टा समय निकालेर आएको छु यहाँ । कोही केही समय बसेर हामीबिचका कुराकानी सुन्नु हुन्छ । कोही आफ्नो बाटो लाग्छन् ।
मेरो कर्मथलोका घरबेटीलाई मार्साबले आधा घण्टा समय कतै नरोकि यहाँ बस्न आएँ भन्नुभयो । घरबेटीले बिचार र कुरा मिल्ने ठाउँमा नबसि अन्त कहाँ बसिन्छ भनेर तर्क राखे । ‘खाने, लाउनेमा मात्र फरक होला अरू नमिल्ने कुरा के नै छ र ? तिमी पनि मेरो मित्र नै हौ’ मार्साबले जवाफ फर्काउनुभयो । घरबेटीले सहमति जनाए ।
मार्साबसँग गफिदैगर्दा एकजना ग्राहक पसलमा आए । मार्साब र म पसल मुनी टुलमा बसेका थियौँ । उनले ठट्यौली पारा देखाउँदै मलाई भने, ‘भित्र पस्नु, ग्राहकलाई आसन गराउनु ।’ गफ मार्दै उनले वस्तुभाउलाई केही ओखती लिए । मैले ओखतीको मूल्य हिसाब बताएँ । उनले ‘खुद्रा जति छुट गरेपनि हुन्थ्यो नि ? कि खुद्रा नराखी डक्कै भन्या भए हुन्थ्यो’ भनेर जिस्कँदै ‘यसले मसँग लिनु लिए तर पनि मैले यहाँ आउन छोडेको छैन’ भनेर सुनाए । साँच्चै उनी लगभग तीस वर्षदेखि चिनजान भएका ग्राहक हुन् । उनको ठट्टा गर्ने स्वभाव अहिलेसम्म पनि उस्तै रहेछ । ग्राहकसँगको कुराकानी मार्साबले सुनिरहनु भएको रहेछ । गजबको तर्क राख्ने मान्छे रहेछ भनेर मार्साबले भन्नुभयो ।
जनमत साहित्यिक मासिक पत्रिकामा विदेशका विशेषाङ्क प्रकाशित गर्ने तयारीका प्रसङ्ग मार्साबले बताउनुभयो । स्वदेशका विभिन्न जिल्ला र सिक्किम सम्मका विशेषाङ्क प्रकाशित भइसकेको र व्यक्ति विशेषका थुप्रै विशेषाङ्क प्रकाशित हुनुकासाथै कतिपय क्रमशः प्रकाशित हुने क्रममा रहेको चर्चा गर्नुभयो । विदेशी साहित्य र साहित्यकारहरूलाई नेपाली पाठक माझ पस्कने धोको पूरा गर्न सम्पर्क गरिरहेको छु भन्नुभयो । सात प्रदेशका साहित्यिक पत्रिका र साहित्य समेटिएको विशेषाङ्कका लागि पनि प्रयत्न भइरहेको र अतिथि सम्पादकको जिम्मेवारी सुम्पने कार्य भइरहेको बताउनुभयो ।
कुराकानीमा प्रसङ्ग बदल्दै उहाँले बौद्धिक व्यक्ति पनि खुलेर आफ्नो कुरा नराखी मौन बस्छन् भन्नुभयो । राम्रै चलिरहेको निजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई एउटा पुस्तक किन्न अनुरोध गर्दा पुस्तक पढ्नेहरू पनि छन् र ? भनी प्रश्न गरेको कुराले विकास भनेको केवल बाटोघाटो र ठूलठूला भवन निर्माण मात्र नभएको तत्कालीन बनेपा अवस्थित एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा आपूmले उल्लेख गरेको सुनाउनुभयो । जनमत साहित्यिक मासिक पत्रिका प्रकाशित भएपछि लगत्तै गाडीमा राखेर बनेपा देखि काठमाडौंसम्म बाटो बाटोमा आफ्ना ग्राहकहरूलाई बाँड्न सहयोगीहरूलाई जिम्मा लगाउँदै पु¥याउने गरेको बताउनुभयो । जाँड, रक्सि, चुरोट जस्ता अमल छाडेको हुनाले गाडीको भाडा व्यहोर्न गा¥हो नभएको उहाँले स्पष्ट पार्नुभयो ।
जताततै दलीय राजनीतिक भागबन्डाको कारण योग्य र दक्ष व्यक्ति पाखा लगाएर देश डुबाइरहेको यथार्थ मार्साबले उजागर गर्नुभयो । योग्य र सक्षम व्यक्तिको छनौट गर्न निष्पक्ष प्रतिस्पर्धात्मक प्रत्यक्ष निर्वाचन प्रक्रियामा जानू उपयुक्त हुने उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो । तपाईको खाना आइसक्यो चिसो होला भन्दै मार्साब बिदा हुनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0