logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

टुक्का कविता (भानु जयन्ती विशेष)

प्रभातफेरी अनलाइन४४४ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार(११ महिना अघि)
टुक्का कविता (भानु जयन्ती विशेष)

१.
अनाज फल्न प्रशस्तै हुन्छ बिजन मानुले,
नेपाली भाषा साहित्य सेवा गरेका भानुले ।
२.
समय काल उनको कला भानुले छरेका,
नेपाली भाषा जनकाे बाेली रचना गरेका ।
३.
भनेर हुन्न गरेको देख्छन् कीर्तीमा रमाए,
भानुले छरे भाषाको बीउ असली समाए ।
४.
रचना मीठा सरल भाषा ती जनबाेलीकाे,
भानुको नाम फैलियो आफैँ साेचेर भाेलिकाे ।
५.
रामकाे कथा बधुकाे शिक्षा ती छाेटा कविता ,
उल्थाकाे कला नेपाली गला सुनेर सविता ।
६.
सफल हुन्छन् लक्ष्यमा लागे कसेर कमर,
नेपाली शिर राखेर उच्च ती भानु अमर ।

 

रामप्रसाद पुरी

बादेल, खाेटाङ