
प्रभातफेरी अनलाइन १५२ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १६, बिहिबार (३ दिन अघि)
काभ्रेपलाञ्चोक/ काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । सधैं राजनीतिक चर्चाको केन्द्रमा रहने काभ्रे–२ यसपटक पनि चासोको शिखरमा छ । आगामी निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रश्न गाउँ–बस्ती, चिया चौतारी र चोक–चोकमा सुनिन थालेको छ ।
काभ्रेपलाञ्चोकको क्षेत्रबाट चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट बसुन्धरा हुमागाईं, कांग्रेसका मधु प्रसाद आचार्य, नेकपा एमालेबाट अशोक व्यञ्जु र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदनकुमार भण्डारी चुनावी मैदानमा छन् । चार ठूला राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बसुन्धरा हुमागाईले आफू जित सुनिश्चित गर्ने दाबी गर्नुभएको छ ।
यि हुन् हुँमागाईका जित्ने आधार
सरल स्वभाव र जनमुखी शैलीका नेता हुमागाईलाई किसान तथा मजदुरका नेताका रूपमा चिनिन्छ । अहिले पनि सार्वजनिक बसमा यात्रा गर्ने उहाँ चोक, चौतारी, चिया पसल र प्रतिक्षालयमा सहजै भेटिनु हुन्छ । पनौती, बेथानचोक, धुलिखेल, बनेपा, भुम्लु, पाँचखाल र मण्डनदेउपुरका नागरिकले सजिलै भेटेर समस्या राख्न सक्ने र नागरिकका समस्यालाई गम्भिर रुपमा लिदै त्यसको सम्धोबन गर्ने नेता भएको कारण आमनागरिकले हुँमागाईलाई सरल र मिजाशिला नेताका रुपमा लिने गरेका छन् ।
हुमागाई २०७४ सालको प्रदेश निर्वाचनमा बागमती प्रदेश सभाका सांसद निर्वाचित भएर नागरिकको योजनादेखि प्रदेश सरकारको नीति कार्यक्रमलाई थप प्रभावकारी बनाउने भूमिकामा निकै सक्रियपूर्वक काम गरेको प्रदेशसभा सदस्यमो रुपमा परिचित छन् । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विद्रोह भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आवद्ध रहँदै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा १३ महिना कार्यसम्पादन गर्ने अवसर पाउनुभएको थियो ।
मन्त्री पदमा रहँदा दुग्ध उत्पादनमा आधारित अनुदान, कृषि तथा पशुपन्छी उपजमा आधारित अनुदान, विपद् तथा महामारी क्षतिपूर्ति कोष, किसान परिचयपत्र वितरण कार्यविधि लगायतका कार्यक्रम लागू गरिएको उहाँको दाबी छ । ती कार्यक्रमका कारण धेरै किसानले प्रत्यक्ष राहत महसुस गरेका छन् ।
पूर्वाधार विकासमा विशेष चासो
स्थानीय पूर्वाधार विकासमा उल्लेख्य काम भएको दाबी गर्दै हुमागाईले अधुरा योजनाहरू छिट्टै सम्पन्न गरिने बताएका छन् । उहाँका अनुसार मण्डनदेउपुर क्षेत्रमा करिब ५० करोड रुपैयाँको लागतमा पुल निर्माणका काम अघि बढेका छन् भने हिले–जलजले तालका लागि ९ करोड रुपैयाँको ठेक्का लगाइसकिएको छ, यद्यपि केही योजना अझै पूरा हुन बाँकी छन् ।
बेथानचोक गाउँपालिकाको एक वडामा ३० करोड रुपैयाँको बजेट विनियोजन गराउन आफूले पहल गरेको उल्लेख गर्दै उहाँले मन्त्री पदमा रहँदा मात्र नभई जिम्मेवारी बाहिर रहँदा पनि विकास बजेट सुनिश्चित गरेको बताउनुभयो ।
‘सडक, खानेपानी, विद्यालय, सिँचाइ, पक्की कुलो र कृषि क्षेत्रमा उल्लेख्य काम गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘नीति आयोगबाट प्रस्तावित पाउडर दूध कारखानाको काम बीचमै रोकिए पनि अब रोकिएका योजना पुनःअघि बढाइनेछन् ।’
रयाले–पर्खालचौर–जामे सडक तथा धाराचौर–सूर्यविनायक सडक जस्ता महत्वपूर्ण सडक निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै हुमागाईले जनभावना अनुसार विकासका काम गरिएको उहाँको दाबी छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपारेको कुनै पालिका नभएको समेत उहाँको भनाई छ ।
‘हामीले जनताको चाहना अनुसार काम गरेका छौँ, त्यसैले आगामी निर्वाचनमा जित सुनिश्चित छ ।’ उहाँले आधारसहित अगाडी सार्दै थप्नुभयो । नेपाली काङ्ग्रेस काभ्रेका उमेदवार मधु प्रसाद आचार्य एक बौद्धिक नेता हुन भने उनी इन्जिनियर पनि हुन् । २०७९ को प्रतिनिधि सभा निर्वचनमा उनले टिकट हात पार्न सकेनन् र कांग्र्रेस नेता कृष्ण सिटौलाको पक्षबाट शिव हुमागाँई चुनावी मैदानमा थिए ।
गठबन्धन दलहरुको निर्वाचनमा पनि हुमागाँईले उनका प्रतिष्पर्धी गोकुल बास्कोटालाई हराउन नसक्नु भनेको कांग्रेस भित्रको आन्तरिक द्वन्द्व थियो । हुमागाँईले चुनाव हारेपछि मधु आचार्य, महेश खरेल र गणेश लामालाई अनुशासनको कार्वाही समेत गरिएको थियो ।
यस्तै बदन कुमार भण्डारी रास्वपाका उमेदवार हुन् । एमालेबाट राजनीति यात्रा सुरु गरेका उनी सामाजिक सञ्जालमा सक्रिय छन् । यो निर्वाचनमा उनले नागरिकको माझ पुगेर समस्या, विकास र समृद्धिको विषयमा छलफल भन्दा पनि सामाजिक सञ्जालको प्रयोगमार्फत चर्चा बटुलेर भोट तान्ने दाउमा देखिन्छन् ।
अन्य दलका उमेदवार अनुभवी र उमेरले पाका छन् । उनिहरु राजनीतिक वृत्तमा केही न केही योगदान गरिसकेका उमेदवार हुन् । उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैजु उमेदवार छिन् । उनी एक व्यवसायी हुन् । बनेपा धुलिखेल बजार क्षेत्रमा उनको केही प्रभाव रहेको दावी गरेका छन् । यी दूई पालिकाबाट उनलाई सहानुभूति मत जान सक्ने आँकलन विष्लेषकहरुको छ ।
जिल्ला अन्य स्वतन्त्रका साथै विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा छन् ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |