प्रभातफेरी अनलाइन १७८ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार (२० घण्टा अघि)
काभ्रे /माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भर्खरै सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पत्रकार सम्मेलन मार्फत राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक जनाएको छ । नतिजा अनुसार परिक्षामा सहभागी मध्ये झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।
यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।
२०८२मा सम्मीलित परिक्ष्यार्थिले ल्याएको जिपिए र विद्यार्थी संख्यालाई यस प्रकार देखाइएको छ =
१.६ देखि २ जिपिए — ७ जना
२ देखि २.४ जिपिए — ५१९० जना
२.४ देखि २.८ जिपिए — ५५९७७ जना
२.८ देखि ३.२ जिपिए — ९४२२२ जना
३.२ देखि ३.६ जिपिए — ८०३७२ जना
३.६ देखि ४ जिपिए — ८३९२ जना
सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।
विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनामा ल्याउन लागेको हो।
यसअघिका वर्षमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो। चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |