Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

प्रभातफेरी अनलाइन ५२ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार (१८ घण्टा अघि)
आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

काठमाडौं/ प्रेस सेन्टर नेपालले आज २४ कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस मनाउन लागेको छ । जनपक्षीय पत्रकारिताका धरोहर तथा महान् सहिद कृष्ण सेन ‘इच्छुक’को २४ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपालले केन्द्रीय कार्यालयको आयोजनामा उपत्यका, प्रतिष्ठान तथा एशोसियट प्रदेशको संयुक्त सहभागितामा आज दिउँसो ३ बजे संगठनको कार्यालय सभाहलमा ‘२४ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम’ आयोजना गरिएको छ ।

यसैगरी प्रदेश, जिल्ला/ प्रतिष्ठान/ विदेश शाखा तथा पालिका समितिहरुले परिस्थिति अनुसार रचनात्मक कार्यक्रम गरी २४ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । आजभन्दा २४ वर्षअघि (जेठ १३ गते) आजकै दिन जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता इच्छुकको हत्या भएको थियो । माओवादी जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो ।

शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुक आफ्नो वर्ग र विचारप्रति सधैँ समर्पित थिए । सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । उनले आफ्नो प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिए । सामान्य लाहुरे परिवारमा जन्मेका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गर्नभएको थियो ।

बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार हुनुहुन्थ्यो । प्रगतिशील साहित्यको क्षेत्रमा इच्छुकले छुट्टै छाप समाजलाई छाड्नुभएको छ । उहाँको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो । दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उहाँकै सम्मान र सम्झनामा इच्छुकले ‘शोकाञ्जलि’ काव्य लेख्नुभएको थियो । जुन २०४८ सालमा उहाँको पहिलो कृतिको रूपमा प्रकाशित भयो । इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि इच्छुकका कृति चर्चित छन् ।

जुझारु क्रान्तिकारी योद्धा कृष्णसेन इच्छुक मूलतः नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सफल हुनुभएको थियो । निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिताबाट त्यति बेलाका शासकको मन–मुटु हल्लिन्थ्यो भने जनताले ऊर्जा प्राप्त गरेको महसुस गर्थे । क्रान्तिकारी योद्धा इच्छुकको भूमिकालाई तत्कालीन निरङ्कुश शासकले रुचाएनन् । इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उहाँको हत्या गरियो ।

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । यसरी इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै झुकेनन् । प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पु¥याएको योगदान अतुलनीय छ ।
उहाँको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । अझ आफूलाई जनपक्षीय राजनीतिज्ञ भन्नेहरूले उनको आदर्शलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । उहाँको जस्तै सबैले त्याग गर्न सके आज पनि नेपाली समाजलाई रूपान्तरण गर्ने समय लाग्दैन । उहाँले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गर्नुभयो । उहाँले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिनुभएन । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ ।

इच्छुक आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक हुनुहुन्थ्यो । नेपाली जनपक्षीय पत्रकारिताका एक आदर्श, जनयुद्धका आदर्श नायक इच्छुकका योगदानलाई थप स्थापित गर्न आवश्यक छ । इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ । अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ । समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल हुनुहुन्थ्यो । उहाँले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन । विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । देशको मुक्ति र जनताको पक्षमा कमल चलाउँदा जेलनेल हुँदै अन्ततः जीवन नै बलिदान गर्न तयार हुने इच्छुकको जीवनबाट त्याग र समर्पण र जनपक्षीय पत्रकारिताको मूल्य सिक्न सक्नुपर्छ ।

कतिपय मान्छे मरेर पनि सधैँ बाँचिरहेका छन् । हो, कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे थिए, जो मरेर पनि सधैँ बाँचिरहेका छन् । जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व इच्छुक आफ्नो आस्था र विचारप्रति सधैँ अडिग हुनुहुन्थ्यो । समाजमा हुने अन्याय, अत्याचारविरुद्ध कलममार्फत गर्जने जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धासुमन !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0