प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार(५ घण्टा अघि)
काभ्रे / भर्खरै सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड निकट यातायात व्यवसायीहरूको पल्लाभारी भएको छ ।
महासंघका ११ वटा वर्गीय समितिमध्ये ८ वटा वर्गीय समितिमा नेकपा निकट यातायात व्यवसायी विजयी भएका छन्। त्यसैगरी, ३ वरिष्ठ उपाध्यक्षमध्ये २ जना नेकपा निकट उम्मेदवार विजयी भएका छन्। साथै, ७ उपाध्यक्षमध्ये १ जना, ३ उपमहासचिवमध्ये १ जना, ७ सचिवमध्ये १ जना, १ कोषाध्यक्ष र १ सह–कोषाध्यक्ष पदमा नेकपा निकट व्यवसायी विजयी भएका छन्। यसरी जम्मा २१ पदाधिकारीमध्ये ७ जना पदाधिकारी नेकपा निकट व्यवसायीले जितेका छन्।
महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा प्रदेश समितिका प्रतिनिधिहरूलाई एक कार्यक्रम आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा एन कुमार साई र केदार पौडेल, उपाध्यक्षमा कान्छाराम थिङ, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, सचिवमा टंक बस्याल, कोषाध्यक्षमा राजेन्द्र आचार्य, सह–कोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित हुनुभएको छ। त्यसैगरी वर्गीय संयोजकहरू तथा केन्द्रीय सदस्यहरूमा समेत संगठनका विभिन्न तहका पदाधिकारीहरू निर्वाचित हुनुभएको छ। साथै बागमती र गण्डकी प्रदेश समितिका विभिन्न पदमा निर्वाचित प्रतिनिधिहरूको पनि शपथ ग्रहण सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी संगठनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
संगठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ तथा महासचिव सरोज खनालले बधाई ब्यक्त गर्दै आम श्रमिक, व्यवसायी तथा यात्रु उपभोक्ताको हित संरक्षण, यातायात क्षेत्रको सुधार, सुशासन प्रवर्द्धन तथा सेवामुखी सार्वजनिक यातायात प्रणाली निर्माणमा नवनिर्वाचित नेतृत्व सफल हुने अपेक्षा समेत व्यक्त गरेको छ। संगठनले महासंघको नयाँ नेतृत्वसँग सहकार्य गर्दै यातायात क्षेत्रको समग्र विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।