प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १८ घण्टा अघि (१८ घण्टा अघि)
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्ति छानबिन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयअनुसार डा. भट्टराईले बिहीबार केशरमहलस्थित आयोगको कार्यालय पुगेर आवश्यक विवरण पेस गरेका हुन्।
उनको सचिवालयका अनुसार पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्दै उनले आयोगसमक्ष सम्पत्ति विवरण बुझाएका हुन्।