प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
काठमाडौँ , बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। टोलीमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
त्यसैगरी नेपाल राष्ट्र बैंकलाई १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न स्वीकृति दिइएको छ। बैठकले कोरिया सरकारको १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, सेवा करारका कर्मचारी व्यवस्थापनसम्बन्धी व्यवस्था मिलाउने तथा अन्य नीतिगत निर्णयहरू पनि गरेको सरकारकाे निर्णयमा उल्लेख छ।