प्रभातफेरी अनलाइन३२ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौँ , सरकारले विभिन्न मन्त्रालयहरूको नयाँ संगठनात्मक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै सचिवदेखि कार्यालय सहयोगीसम्मका झण्डै ६ सय पद कटौती गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार १० सचिव, ३५ सहसचिव, ६५ उपसचिव, ७० शाखा अधिकृत तथा नायब सुब्बा, खरिदार र कार्यालय सहयोगी तहका करिब ३ सय पद हटाइएका छन्।
यसअघि सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने, ३१ निकाय खारेज गर्ने, ६ निकाय गाभ्ने, ६ निकाय हस्तान्तरण गर्ने र १८ निकाय पुनःसंरचना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा मन्त्रालयहरूको पुनर्संरचना गर्दै प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले नयाँ दरबन्दी स्वीकृत गरिएको हो।