logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

पुँजीबजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह

प्रभातफेरी अनलाइन२९ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
पुँजीबजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं,  प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आज धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र ब्रोकर तथा लगानीकर्ताका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानीकर्तालाई पुँजीबजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

बैठकमा उनले आवश्यक नीतिगत सुधार र सहजीकरणमार्फत पुँजीबजारका विद्यमान समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे। साथै, पुँजीबजारलाई लगानी वृद्धि, रोजगारी सिर्जना तथा राजस्व अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए।

बैठकमा सहभागी इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलका अनुसार प्रधानमन्त्री शाहले बजारलाई थप व्यवस्थित, विश्वसनीय र लगानीमैत्री बनाउन आवश्यक नीतिगत निर्णय तथा सहजीकरणका लागि सरकार सकारात्मक रहेको बताएका छन्।