प्रभातफेरी अनलाइन४६ पटक पढिएको | २०८३ श्रावण ६, बुधबार
काठमाडौं, प्रधानमन्त्री बालेन शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, कला संरक्षण, रोजगारी सिर्जना र हस्तकला सीपको पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने मागप्रति सकारात्मक रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले हाल स्वघोषणाका आधारमा हुँदै आएको हस्तकला सामग्री निर्यातमा बिजक मूल्याङ्कन अनिवार्य गर्ने सुझाव कार्यान्वयन गरिने आश्वासन पनि दिएका छन्। उनका अनुसार यसबाट राजस्व वृद्धि हुन सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यस्तै, हस्तकला सामग्री निर्यातमा उपलब्ध हुने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा त्यसलाई पुनः निरन्तरता दिने पहल गरिने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन्।