logo
२०८३ श्रावण २४, आईतबार |
📰
🔍

समान अधिकार र सम्मानपूर्ण सहभागिताले मात्रै सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक दाहाल

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
समान अधिकार र सम्मानपूर्ण सहभागिताले मात्रै सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक दाहाल

काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताए।

जनसङ्घर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा प्रचण्डले जोड दिएका छन्।