प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
काठमाडौं / सरकारले बहालवाला दुई सचिव कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको हो।
राजीनामा स्वीकृत भएसँगै उनीहरूले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको हो। पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।