logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारमा आयोजित अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्तिसम्बन्धी छलफलमा सभापति अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।

उनले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए। साथै, होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।