logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

धनकुटामा एक हजार ५२१ किलो गाँजासहित प्रतिबन्धित लागुऔषध नष्ट

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | ५६ मिनेट अघि
धनकुटामा एक हजार ५२१ किलो गाँजासहित प्रतिबन्धित लागुऔषध नष्ट

धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न स्थानबाट बरामद गरेको एक हजार ५२१ किलो गाँजासहित ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ।

धनकुटा नगरपालिका–९ मूलघाटस्थित तमोर नदी किनारमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकको रोहवरमा लागुऔषध नष्ट गरिएको हो।

प्रहरीका अनुसार नष्ट गरिएका लागुऔषधमा एक हजार ५२१ किलो गाँजा तथा ट्रामाडोल र डाइसाइकोमाइनका एक हजार ८९७ ट्याब्लेट रहेका छन्। कानुनी प्रक्रियाअनुसार गैरकानुनी गतिविधिमा प्रयोग हुने लागुऔषध नष्ट गरिएको प्रहरीले जनाएको छ।

धनकुटा प्रहरीले गत असार २६ गते पनि एक हजार २ किलो ३०५ ग्राम गाँजासहित विभिन्न ट्याब्लेट नष्ट गरेको थियो।