logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठुलो ऐतिहासिक उपलब्धि : रवि लामिछाने

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठुलो ऐतिहासिक उपलब्धि : रवि लामिछाने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् ।

आज काठमाडौँमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताएका हुन् ।

उनले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठुलो ऐतिहासिक उपलब्धि भएको धारणा राखे । रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैँ ’विकल्प बन्ने’ र ’निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ ।

त्यस्तै, उनले युवा सांसद र मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई नतिजा र परिणाममुखी भएर काम गर्ने समय रहेको उल्लेख गरे ।