logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५८ मिनेट अघि
ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौं / राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन् ।

‘शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ । साथै जनस्तरबाट समेत व्यापक जनगूनासो सुनिन आएकोले सहज रुपमा ग्यासको आपुर्ति तथा विक्री वितरण गर्न र गराउनको लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु,’उनले भने ।