प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
धनुषा / धनुषाको शहीदनगर–३, यदुकुहामा १७ वर्षीया किशोरी पार्वती खत्वे मण्डल आफ्नै घरको कोठामा मृतावस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनी आज दिउँसो करिब साढे ११ बजे मृत फेला परेकी हुन्। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी टोली खटाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै किशोरीको मृत्यु हत्या वा आत्महत्या के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।