logo
२०८३ श्रावण २८, बिहिबार |
📰
🔍

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ।

बुधबार राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री बालेनलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिए।

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।