प्रभातफेरी अनलाइन४ पटक पढिएको | ४९ मिनेट अघि
धनुषा / धनुषामा करेन्ट लागेर २३ वर्षीया पुनिताकुमारी महतोको मृत्यु भएको छ।
महोत्तरीको एकडारा नगरपालिका–१ निवासी रविन्द्र महतोकी पत्नी पुनितालाई जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा मोटरको स्विच थिच्ने क्रममा बिहान करिब ११ बजे करेन्ट लागेको थियो।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। चिकित्सकले दिउँसो करिब १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।