logo
२०८३ भाद्र ४, बिहिबार |
📰
🔍

राष्ट्रपति पौडेलसँग युरोपेली संघकी राजदूत लरेन्जोको बिदाइ भेट

प्रभातफेरी अनलाइन२० पटक पढिएको | १ घण्टा अघि
राष्ट्रपति पौडेलसँग युरोपेली संघकी राजदूत लरेन्जोको बिदाइ भेट

काठमाडौँ / नेपालका लागि युरोपेली संघकी राजदूत भिरोनिका लरेन्जोले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेकी छन्।

भेटका क्रममा नेपाल–युरोपेली संघबीचको सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिएका छन्।