logo
२०८३ भाद्र ७, आईतबार |
📰
🔍

भूमिहीनलाई ५ सय दिनभित्र लालपुर्जा दिने मन्त्री रावलको घोषणा

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र ७, आईतबार
भूमिहीनलाई ५ सय दिनभित्र लालपुर्जा दिने मन्त्री रावलको घोषणा

काठमाडाैं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कानुनबमोजिम लालपुर्जा पाउन योग्य भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई पाँच सय दिनभित्र लालपुर्जा उपलब्ध गराउने बताएकी छन्।

कञ्चनपुरमा सुकुम्बासी बस्तीका बासिन्दालाई सम्बोधन गर्दै मन्त्री रावलले कानुनी प्रक्रिया पूरा गरी जग्गा पाउन योग्य सबैलाई भूमिको मालिक बनाउने प्रतिबद्धता जनाइन्। उनले सुकुम्बासी बस्ती हटाउँदा कसैलाई पनि विकल्पविना नउठाइने स्पष्ट पार्दै कानुनी तथा नीतिगत अड्चन समाधान गरी समस्या टुंग्याउने बताइन्।

काम सम्पन्न नगरी नेताहरूलाई सम्मान गर्ने प्रवृत्तिको विरोध गर्दै रावलले आफूले जिम्मेवारी पूरा गरेपछि मात्रै अबिर र खादा ग्रहण गर्ने बताइन्।