प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
केरुङ / चीन सरकारले बाढीबाट तहसनहस भएका सडक निर्माणमा तदारुकताका साथ देखाएको छ । केरुङ–रसुवागढी नाकासम्म पुग्ने सडक धमाधम बनाउन थालेको छ। बाढीले नाका पूरै छोपेपछि चिनियाँ टोलीले डोजर लगाएर बाटो बनाउन थालेको हो।
चीन सरकारले जी२१६ नाम दिएको यो सडक पूरै बगेको छ। जसले उद्धार कार्यमा बाधा ल्याएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
सो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र २८ ठूला मेसिन लगाएर बाटो खन्ने काम भइरहेको छ।
त्यो काममा सरकारी स्वामित्वको एनङ कन्स्ट्रक्सन ग्रुपका प्राविधिकहरू खटिएका छन्। उनीहरूले शनिबारसम्ममा २ किलोमिटर बाटो सफा गरिसकेको इ. झुले बताएका छन्।