logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

नेप्से ४३ अंकले घट्यो

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३६ मिनेट अघि
नेप्से ४३ अंकले घट्यो

काठमाडौं / साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ।

आज ३४७ कम्पनीका ९३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको मूल्य बढेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।