प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
पर्सा / पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोलडेन फिङ्गर गेमिङ जोनमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेको हो। पक्राउ पर्नेमा जुवा खेलिरहेका व्यक्तिसहित क्यासिनोका चार कर्मचारी रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।