प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५२ मिनेट अघि
ललितपुर / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक धरोहर भएको बताएका छन्। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गरे।
चाडपर्वले पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान, विविधताबीचको एकता र सामाजिक सद्भावलाई मजबुत बनाउँदै आएको उनको भनाइ छ। उनले तीजले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।