logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

बाढीपीडितको उद्धार र पुनर्निर्माणका लागि एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | १ घण्टा अघि
बाढीपीडितको उद्धार र पुनर्निर्माणका लागि एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको समन्वय र अनुगमनका लागि एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा भोटेकोशी लगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले तथा राजनीतिक दलहरूले गरेका खोजी, उद्धार, राहत र पुनर्निर्माणका कामको समीक्षा गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। संयन्त्रमा संसद्मा प्रतिनिधित्व गर्ने तथा अन्य राजनीतिक दलहरूको सहभागिता रहने जनाइएको छ।

निर्णयहरु:

भोटेकोशीको बाढी पछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको क्षेत्रमा अहिलेसम्म सरकारले गरेको काम, राजनीतिक दलहरूले गरेको महत्त्वपूर्ण कामबारे गम्भीर समीक्षा भएको छ ।

यो राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको छ ।

सभापति रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ ।

यसमा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी भएका दलहरूको सिटको आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घमा जान लागिएको विषयमा जलवायु न्यायको विषयमा सबै दलका नेताहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् । संसदीय समितिले अध्ययन, छानबिन र समन्वय गर्नेछ । यो समितिले टिओआर बनाउन बाँकी छ । यसले कहाँ सुधार गर्ने भनेर सुझाव दिन्छ ।