प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
धादिङ / पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बिहीबार बिहान ६ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
त्रिशूली नदीको बाढीले करिब १०० मिटर सडक बगाएपछि अवरुद्ध भएको सडकमा ढिस्को काटेर नयाँ ट्र्याक खोलिएको हो। अहिले ग्राभेल र नाली निर्माणको काम भइरहेको छ।