प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिए।
उनका अनुसार संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुँदैछ र उक्त महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुनेछ।