logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

आर्थिक पुनर्जागरणदेखि बजार अनुगमनसम्म सरकारको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
आर्थिक पुनर्जागरणदेखि बजार अनुगमनसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं / प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक पूर्वाधार, बजार अनुगमन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले विपद्पछिको पुनर्निर्माणलाई आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने बताइन्। उनले निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन, आपूर्ति शृङ्खला सहज बनाउन तथा अवरुद्ध सडक पूर्वाधारलाई तीन सिफ्टमा काम गरेर सञ्चालनमा ल्याउन माग गरिन्।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले जलवायु न्याय, जलवायु वित्त तथा विपद्बाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा विषय उठाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले धादिङको फुर्के खोलामा पुल निर्माण तथा कृष्णभीरको वैकल्पिक सडक निर्माणतर्फ समेत सरकारको ध्यानाकर्षण गराएकी छन्।

यस्तै, नेकपा एमालेका सांसद चन्देश्वर मण्डलले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र बनाउन र महँगी नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे। उनले ब्रिक्स सम्मेलनमा नेपालको सहभागिताको विषयसमेत बैठकमा उठाए।

प्रतिनिधिसभाको बैठक जारी रहेको छ।