प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने बताएका छन्। ललितपुरको भनिमण्डलमा सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रका संस्थागत संरचनाको रक्षा गर्नु एमालेको प्रमुख जिम्मेवारी रहेको बताए।
उनले पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई प्राथमिकतामा राखेर नयाँ योजनासहित अघि बढ्नुपर्ने उल्लेख गरे। निर्वाचनमा प्राप्त परिणामबाट शिक्षा लिँदै पार्टीका कमजोरी पहिचान, जनतासँगको सम्बन्ध सुदृढीकरण र संगठनलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।