logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

प्रतिनिधिसभा बैठक सुरु, आकस्मिक समयमा सांसदहरूले उठाउँदै समसामयिक विषय

प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
प्रतिनिधिसभा बैठक सुरु, आकस्मिक समयमा सांसदहरूले उठाउँदै समसामयिक विषय

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराइरहेका छन्।

आजको सम्भावित कार्यसूचीमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैबीच, आजका लागि तय गरिएका विभिन्न समितिका बैठकहरू स्थगित भएका छन्।