प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा हालसम्म रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कोषका नौ वटा वाणिज्य बैंकका खातामा रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि रु १ अर्ब निकासा गरिसकेको छ।
पछिल्लो २४ घण्टामा मात्रै कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।