प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १०, शनिबार
काठमाडौं / नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।
त्यसअघि दुवै परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा पारस्परिक हितका विभिन्न विषयमा विचारविमर्श भएको जनाइएको छ।
सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ।