logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

कुशल देश प्रेमी नेतृत्वले अतितलाई स्मरण गर्नु बुद्धिमता मानिन्छ

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
कुशल देश प्रेमी नेतृत्वले अतितलाई स्मरण गर्नु बुद्धिमता मानिन्छ

राष्ट्रसंघीय महासभाका सम्बोधनका बारेमा चर्चा परिचर्चा भइ रहदा कुशल देश प्रेमी नेतृत्वले अतितलाई स्मरण गर्नु बुद्धिमता पुर्ण छ कि छैन महत्त्वपूर्ण बिषय अहिले आएर पुष्ठि हुन पुगेको छ । अन्तर्राष्ट्रिय कुटनीतिमा वार्ता , संवाद र पहलकदमीको निकै ठुलो महत्व हुन्छ। सन् २०२३ (सेप्टेम्बर) को ७८ औ राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले विश्व नेताहरुको ध्यानाकर्षण गर्नेगरी जलवायु न्यायवारे ‘वोल्ड’ सम्वोधन मात्र गर्नुभएको थिएन, महासचिव गुटरेसलाई हिमालयको काखमा आउन निम्ता समेत दिनुभएको थियो।

लगत्तै उक्त निमन्त्रणा स्विकार्दै गुटरेस नेपाल आएर हिमालको टाकुरावाट जलवायु परिवर्तनको गम्भीर ‘अलार्म’ मात्र वजाउनुभएको थिएन, विश्ववासीलाई जलवायु न्यायको अपिल पनि गर्नुभएको थियो। गुटरेसले यसपालिको उद्घाटन मन्तब्यमा समेत उक्त प्रसङ्ग जोडदार उठान गर्नुभएको छ। पुर्व प्रधानमन्त्री प्रचण्डको अग्रसरतामा नेपालले लिएको त्यो कुटनीतिक पहलकदमी आफैंमा ऐतिहासिक छ, जसलाई निरन्तर पछ्याउनु कुशल नेतृत्वको जिम्मेवारी ठहरिन्छ ।