logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

कर्मचारीतन्त्र सेवाग्राही प्रति जिम्मेवार हुनसकेनन

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
कर्मचारीतन्त्र सेवाग्राही प्रति जिम्मेवार हुनसकेनन

नुवाकोट / बिदुर नगरपालिका वडा न – ५ का दीपेन्द्र पौडेल विपद्को पहिलो दिनदेखि नै बाढीपहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत वितरण तथा अस्थायी बसोबास व्यवस्थापनमा निरन्तर खटिँदै आएका व्यक्ति हुन्। दिन–रात नभनी पीडितको सेवामा समर्पित रहँदै आएका पौडेलले आज पनि वर्षाका कारण थप समस्यामा परेका पीडितहरूको पक्षमा वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित निकाय पुगेका थिए।

तर पीडितको समस्या समाधानका लागि पुगेका उनलाई कर्मचारीबाट भएको असहज तथा गैरजिम्मेवार व्यवहारले दुःखी बनायो। यही कारण उनले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

विपद्को घडीमा पीडितको आवाज बनेर खटिएका व्यक्तिप्रति सम्मानजनक व्यवहार गर्नु राज्यका निकायहरूको दायित्व हो। जनताको दुःखमा साथ दिनेहरूलाई निरुत्साहित गर्ने होइन, अझ थप हौसला र सहयोग प्रदान गर्नुपर्ने आवश्यकता आजको घटनाले पुनः स्मरण गराएको छ।