प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा तथा त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्।
असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका मन्त्री खनालले भ्रमणका क्रममा नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्म: जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए।
यस्तै, उनले विभिन्न देशका समकक्षीसँग भेटवार्ता गर्दै आपसी हितका विषयमा छलफल गरेका थिए। भ्रमणका क्रममा भएका भेटवार्ता र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी बनाएको बताइएको छ।