प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
काठमाडौँ / सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन् भने विभिन्न विधेयकहरू पनि पारित तथा प्रमाणीकरण भएका छन्। प्रतिनिधि सभामा भने १० वटाभन्दा बढी विधेयक विभिन्न चरणमा संसदीय समितिमा विचाराधीन छन्।