logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन गर्ने रास्वपाको निर्णय, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन २७, मंगलबार
खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन गर्ने रास्वपाको निर्णय, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे आन्तरिक छानबिन गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार सुनारमाथि लागेका आरोपको छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको छ भने छानबिन निष्कर्षमा नपुगेसम्म उनलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ।

महिलाको मर्यादा, पदीय आचरण र वित्तीय पारदर्शिताका विषयमा शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्दै रास्वपाले कानुनभन्दा माथि कोही नरहेको जनाएको छ। साथै, कानुन उल्लङ्घन गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने र राज्यका अनुसन्धान निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।