logo
२०८३ आश्विन २९, बिहिबार |
☰
📰
🔍
✕

अफताव आलमका छोरा फिरदोस आलम कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित

प्रभातफेरी अनलाइन४ पटक पढिएको | २६ मिनेट अघि
अफताव आलमका छोरा फिरदोस आलम कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं / नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।

कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोस आलमलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

फिरदोस हालै २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन्। उनी रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।