प्रभातफेरी अनलाइन८ पटक पढिएको | २२ मिनेट अघि
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेकी छन्।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतमा नियुक्त भएकामा लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।