प्रभातफेरी अनलाइन० पाठक संख्या | ७ मिनेट अघि
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुने भएको छ ।
अभियानको उद्घाटनका लागि दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिने जनाइएको छ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।
सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीले आजदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो ।